माघ ४ । मन्त्रीपरिषद्को बैठकले सार्वजनिक क्षेत्रमा काम गर्ने मजदुर तथा कर्मचारीहरुको तलब बृद्धि गरिदिएको छ । सुडानको मन्त्रीपरिषदको बैठकले बिहीबार उक्त निर्णय गरेको हो ।
सुडान वकर्स ट्रेड युनियन फेडेरेसनले झण्डै पाँच सयदेखि २५ सयसम्म सुडानी पाउन्डको दरले तलब बढाउन यसअघि नै सहमति जनाएको थियो । यही जनवरी ३ मा राष्ट्रपति ओमर अल बशिरले कर्मचारीहरुको तलब बृद्धि गर्ने प्रतिबद्धता गरेका थिए ।
दैनिकी धान्नका लागि यही जनवरीदेखि नै तलब बृद्धि गर्नैपर्ने अवस्था रहेको उनले स्वीकार गरेका थिए । गत जनवरी १९ देखि सुडानका विभिन्न ठाउँमा सरकार विरुद्ध आन्दोलन भइरहेका बेला सरकारले तलब बृद्धि गर्ने निर्णय गरेको हो ।
पाउरोटीको मुल्य बढेपछि राजधानी खार्तुमसहित मुख्य सहरहरुमा लगातार भइरहेका आन्दोलनका क्रममा भएको झडपमा परी अहिले सम्म कम्तिमा २४ जनाको मृत्यु भएको छ । आन्दोलनका कारण हजारौ घाइते भएका छन् भने जनजीवन प्रभावित भएको छ ।