मोदीविरुद्ध विपक्षीको शक्तिशाली मोर्चा

PM Narendra Modi
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं (एजेन्सी) । भारतमा यही वर्ष आम निर्वाचन हुँदैछ । सम्भवत आगामी मार्चमा भारतममा चुनाव हुनेछ ।चुनावको मिति नतोकिए पनि चुनाव हुने निश्चित छ ।

चुनावको दिन नजिकिँदै जाँदा दलहरु भने चुनावी तयारीमा जुटिसकेका छन् । काँग्रेस आई नेतृत्वमा वर्तमान सत्ता विरोधी दलहरु एकजुट हुने सम्भावना बढिरहेका बेला शनिबार भारतको पश्चिमी राज्य पश्चिम बंगलाको राजधानी कोलकतामा विपक्षीहरुले शक्ति प्रदर्शन गरेका छन् ।

कोलकतामा विपक्षीहरु प्रधानमन्त्री नरेन्द्र मोदीमाथि खनिरहेका बेला मोदी भने गुजरातमा विपक्षीहरुको महागठबन्धनलाई आफुविरुद्धको नभइ देशविरुद्धको भनिरहेका थिए । शनिबार कोलकतामा पश्चिम बंगालकी मुख्यमन्त्री तृणमुल काँग्रेस प्रमुख ममता बनर्जीको आतिथ्यमा विपक्षी दलहरुले शक्ति प्रदर्शन गरेका हुन् ।

दिदी (ममता)ले आयोजना गरेको विपक्षीहरुको र्यालीमा लगभग सबै विपक्षी दलहरुका नेताहरु सहभागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यतिमात्र होइन सो र्यालीमा सत्तारुढ दल भाजपाका विद्रोही नेता शत्रुघन सिन्हा र अरुण शौरी पनि सहभागी भए ।

indian_politics

र्यालीपछि आयोजित आमसभालाई सम्बोधन गर्दै ममताले मोदी सरकारको एक्सपायरी डेट आएको बताइन् । उनले आगामी निर्वाचनबाट मोदीलाई पराजित गरि छाड्ने उद्घोष गरिन् ।

शत्रुघन सिन्हाले देशले परिवर्तन खोजेको बताए । उनले हालसम्म भाजपाको सांसद भए पनि सायद अब भाजपामा रहन नसक्ने बताएका छन् । उनले मोदी सरकारले देशलाई केहि पनि दिन नसकेको बताए ।

काँग्रेसका तर्फबाट सहभागी भएका काँग्रेस वरिष्ठ नेता मल्लिकार्जुन खड्गेले भारतको संविधान खरतामा रहेको भन्दै संविधानविरोधीलाई पराजित गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री मोदीले समाजमा विग्रह ल्याएकोसमेत बताए ।

यस्तै समाजवादी पार्टीका नेता उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले देशमा विपक्षीहरुको गठबन्धन बनेपछि जनता खुशी भएको बताए । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका अध्यष अरविन्द केजरीवालले मोदी–शाहको जोडीले देशमा विसंगती ल्याएको आरोप लगाए । उनले वर्तमान सरकारले आम जनताका समस्या समधान गर्न नसकेको बताए ।

यस्तै तेलुगु देशम पार्टीका प्रमुख एन चन्दंबाबू नायडूले पनि सरकाको कडा विरोध गरे । उनले भाजपाले देशमा धार्मिक हिंसा भड्काएको बताए । कोलकतामा शनिबार लगभग देशका सबै विपक्षी दलहरुले एकजुटता देखाएर मोदी सरकार तथा भाजपालाई ठोस संकेत दिएका छन् ।

विपक्षीहरु एकजुट भएर सरकार विरोधी गठबन्धन बनाउने तयारीले गर्दा आगामी निर्वाचन प्रधानमन्त्री मोदी तथा भाजपाका लागि फलामको च्यूरा हुने देखिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्