डा. केसीको माग पूरा नभए कडा आन्दोलन गर्छौं : चिकित्सक संघ (विज्ञप्ति)

Dr.Gobinda KC01
लाेकपाटी न्यूज

काठमाडौं, ६ माघ । राष्ट्रिय चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ ।

आइतबार संघले एक विज्ञप्ति जारी गर्दै पहिला भएका सहमति पालना गर्न र डा. केसीको जीवन रक्षाका लागि उनको मागप्रति सरकारलाई गम्भीर हुन अपील गरेको छ ।

स्वास्थ्यमा आधा दर्जनभन्दा बढी समस्या देखिएपछि डा. केसीलाई शुक्रबार इलामबाट काठमाडौं ल्याइएको थियो । उनको हाल त्रिवि शिक्षण अस्पतालकाे आईसीयू कक्षमा उपचार भइरहेको छ ।

‘पहिले भएका सहमतिअनुरूप चिकित्सा ऐन पारित गर्न र सत्याग्रहीको मागप्रति गम्भीर भई उहाँको जीवन रक्षा गर्न सरकार र सम्पूर्ण सरोकारवालासमक्ष हामी अपिल गर्दछौं,’ संघका अध्यक्ष सुमित पाण्डे र सचिव डा. विश्वराज तिमल्सिनाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

संघले डा. केसीको माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

Press release of doctors association