डा. केसी प्रतिक्रियावादीका गाेटी बने : उपाध्यक्ष बस्नेत

surendra basnet
लाेकपाटी न्यूज

काठमाडौं । नेकपा निकट अखिल(क्रान्तिकारी)का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले अनसनरत डा. गोविन्द केसी प्रायोजित राजनीतिको रोटी सेक्न थालेको दावी गरेका छन् । डा. केसीले द्वन्द्वकालका मुद्दा ब्यूँताएर डलरको खेती गर्नेहरुलाई मद्दत पुर्‍याएको उनले आरोप लगाए ।

सोमबार भक्तपुर बहुमुखी क्याम्पसमा आयोजित अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी ) को संयुक्त कार्यक्रममा बोल्दै बस्नेतले भने, ‘डा. गोविन्द केसी आफैंमा गलत होइनन् । तर, गलत मनसाय बोकेकाहरुले उनलाई प्रयोग गर्न थाले । केसी कसैको राजनीतिक रोटी सेक्न प्रयोग हुनुहुँदैन ।’

डा. केसीले द्वन्द्वकालका मुद्दा चर्काएर शान्ति प्रक्रिया बिथोल्न खोजेको बस्नेतले आरोप लगाए । उनले भने, ‘डा. केसी एकाएक किन राजनीतिक मुद्दा उठाउन थाले बुझिनसक्नु छ । नेपालको शान्ति प्रक्रिया मौलिक छ । त्यो उनले बुझ्नुपर्छ।’ डा. केसी राजनीतिक रुपले प्रेरित रहेको दावी गर्दै बस्नेतले ‘नेकपालाई बदनाम गर्न केसीलाई कसले उचालिरहेको छ ?’ भन्दै प्रश्न गरे ।

हाल संसदमा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक उत्कृष्ट रहेको भन्दै त्यसलाई तत्काल पारित गर्न उपाध्यक्ष बस्नेतले माग गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्