काठमाडौं । सिजन मिडियाद्वारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित ‘लेट मि इन मिसेस ब्यूटी क्वीन नेपाल सिजन-२’मा सहभागी २३ जना प्रतियोगीहरुले एक कार्यक्रम आयोजना गरी आफ्नो प्रतिभा देखाएका छन् ।
कार्यक्रममा माया लुकी लुकी वोलको गितमा नृत्य गरेर अमृता थाडा थापाले कार्यक्रमको शुभारम्भ गरेकी थिइन भने जयन्ती गौतमले नारी शीर्षकमा कविता वाचन गरिन् । त्यस्तै मेनुका श्रेष्ठ, रिजा श्रेष्ठ, रेस्मा केसी, पुजा रसाइली, कविता ओझा सिग्देल, अप्सरा बस्नेत, कल्पना आचार्य, प्रमिला भण्डारी र चेसाङ लामाले नेपाली गीतमा आफ्नो नृत्य प्रस्तुत गरी आन्तरिक प्रतिभा प्रर्दशन गरेका थिए ।
सुस्मिता तिवारीले गजल प्रस्तुत गरिन् भने सोनु बराल, सोभा गिरी, अम्बिका थापा, जोया बुढाथोकी, विजया काफ्ले र शान्ति लिम्बुले विभिन्न विषयमा आफ्नो विचार व्यक्त गरी आन्तरिक क्षमता प्रस्तुत गरेका थिए ।
त्यस्तै पुण्डिका चौलागाई र पार्वती खत्रीले नेपाली लोक दोहोरी गीत गाएर मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा वरिष्ठ डान्स कोरियोग्राफर राजेन्द्र राई, गायक भिम लिम्बु, सुजुकी स्कुटरका बजार व्यवस्थापक नवराज कोइराला, फेशन डिजाइनर राधा ढकाल र जुम्वा प्रशिक्षक सोनाम केसी निर्णायक मण्डलमा रहेका थिए ।
उक्त प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा माघ १२ गते शनिबार प्रज्ञा भवन कमलादीमा हुने आयोजकले जनाएको छ । ‘मिसेस ब्यूटी क्वीन नेपाल २०१९’को विजेताले रु. १ लाख ८५ हजार बराबरको लेट्स सुजुकी स्कुटर, ५ दिने दुवई भ्रमणको लागि टिकट साथै विभिन्न उपहारहरु पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः मोबाइल फोन र विभिन्न उपहारहरु प्राप्त गर्नेछन् । ५ दिने दुवई भ्रमण टिकट साथै विभिन्न उपहारहरु पाउने छन् । यसबाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिनेछ ।