संसदमा हङ्गामा, काँग्रेस सांसदले घेरे शिक्षामन्त्रीलाई (भिडियो)

Nepali congress01
लाेकपाटी न्यूज

काठमाडौं, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा हङ्गामा मच्चाएको छ ।

मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक पेश गर्न अनुमति दिएका दिए । त्यसपछि काँग्रेसका सांसदहरु हङ्गामा मच्चाएका हुन् ।

संसद बैठक चल्नुअगावै काँग्रेस सांसदहरु बेलमा गएका थिए । काँग्रेसले त्यसप्रकारको हर्कत देखाएपछि समाभुख महराले भने, ‘आज माननीय सदस्यहरूले गल्ती गर्नुभयो, बैठकको कारवाही शुरू भएकै छैन ।’

शिक्षामन्त्री गिरिराजमणि पोखरेल रोष्टममा जाँदै गर्दा काँग्रेसका सांसदहरुले उनलाई घेरेका थिए । काँग्रेस सांसदहरुले मन्त्रीलाई रोक्न खोज्दा धकेलाधकेल भएको थियो ।

भिडियो हेर्नुहोस् :