उपप्रमुख गुरुङद्धारा अक्षय कोष स्थापना

Manju gurung
लाेकपाटी न्यूज

कास्की, ९ माघ । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले रु एक लाखको अक्षय कोष स्थापना गरेकी छिन् ।

पोखरा–८ स्थित जनप्रिय माध्यमिक विद्यालयको स्वर्णजयन्तीको अवसरमा उनले अक्षयकोष स्थापना गरेकी हुन् । कार्यक्रममा बोल्दै उनले यस कोषबाट विद्यालयमा अध्ययनरत एकल महिलाका छोराछोरीलाई वर्षेनी छात्रवृत्ति प्रदान गर्ने बताइन् ।

उनले भनिन्, ‘बुबाको निधन हुँदा मेरी आमा २३ वर्षको हुनुहुन्थ्यो । आमाले मलाई धेरै दुःखकष्ट गरेर हुर्काउनुभयो, बढाउनुभयोे । यसकारण एकल महिलाका छोराछोरीलाई शिक्षामा सहयोग पु¥याउन म छात्रवृत्ति प्रदान गर्नेछु ।’

पोखरा महानगरपालिकाभित्र १ सय ७८ संस्थागत र २ सय ११ सामुदायिक विद्यालय रहेको र संस्थागत विद्यालयमा ८५ हजार ७ सय २० तथा सामुदायिकमा ४१ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्