ट्रम्पले किमलाई पठाए यस्तो पत्र

Trump with Kim
लाेकपाटी न्यूज

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाएका छन् ।

उनले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानाएकोे छ । यसअघि उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र पठाएको समाचार उत्तर कोरीयारी सञ्चार माध्यमहरुले जनाएका छन् ।

उक्त पत्रको जवाफ राष्ट्रपति ट्रम्पले बुधबार दिएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको छ । ह्वाइट हाउसका प्रेस सचिव सराह स्यान्डर्सलाई उद्धृत गर्दै उक्त टिभीले राष्ट्रपति ट्रम्पले किमको पत्रको जवाफमा बुधबार उत्तर कोरियाली नेता किमलाई पत्र लेखेको जनाएको छ ।

नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पको पत्र पाएका छन् । उक्त पत्र नेता किमलाई उत्तर कोरियाली सत्तारुढ दल, वर्कर्स पार्टीका उपाध्यक्ष किम योङ चोलले दिएका थिए । चोल हालै अमेरिकाको भ्रमणमा गएका थिए । उनले अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री माइक पेम्पेओसँग भेटवार्ता पनि गरेका थिए ।

किमले उक्त पत्र प्राप्त गरेर सन्तुष्टि प्राप्त गरेको जानकारी पनि उत्तर कोरियाली समाचार समिति केसिएनएले जानकारी दिएको छ । उक्त समाचार समितिले समाचारमा भनेको छ– उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पको उक्त पत्र प्राप्त गरेपछि खुसी भएका भएका छन् । उनीहरुबीच यो महिनामा कैयौँ पत्रहरु आदानप्रदान भएका छन् ।

गत शुक्रबार पनि उत्तर कोरियाली सत्तारुढ दलका उपाध्यक्ष चोलले अमेरिकी अमेरिकी राष्ट्रपति ट्रम्पलाई नेता किमका तर्फबाट पत्र हस्तान्तरण गरेका थिए । सोही पत्रको जवाफमा बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले नेता किमलाई यो पत्र प्रेषित गरेका हुन् ।

नोता किमले गत नोभेम्बरको शुरुमा नै वासिङटनको भ्रमण गर्ने समय तालिका रहेकोे थियो । तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चीसोपना आएपछि सो भ्रमण रद्द भएको थियो ।

नेता किमले सन् २०१९ को नयाँ वर्षको शुभकामनासम्बन्धी पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाएका थिए । सो पत्रपछि पुनःसम्बन्धमा नयाँपन आएको हो ।

केही दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता किम जोङलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेका थिए ।

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङबीच गत जुनमा सिङ्गापुरमा शिखर वार्ता भएको थियो ।

उक्त पहिलो शिखर वार्तामा छिट्टै नै अर्को शिखर बैठक हुने भनिएपनि अहिलेसम्म हुन सकिरहेको छैन । उक्त बैठक आगामी फेबु्रअरीको अन्त्यमा हुने भएकोे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्