काठमाडाैं, ११ माघ । आज पनि काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली भएको छ । पश्चिमी र पूर्वी क्षेत्रका केही स्थानमा बिहानैदेखि पानी परिरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले काठमाडौं उपत्यकामा पनि दिउँसो पानी पर्ने संभावना रहेकोे बताइन् ।
उनले पूर्वका केही स्थान र पश्चिमका दिपायल, डडेल्धुरा लगायतका क्षेत्रमा वर्षा भइरहेको र यस्तै उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको जानकारी दिइन् ।
आज दिउँसो देशैभर पूर्ण रूपमा मौसम खुल्ने सम्भावना नरहेको मौसमविद् कँडेलले बताइन्। उनले भनिन्, ‘दिउँसो काठमाडौं उपत्यकासहित देशका सबैजसो क्षेत्रमा हल्का वर्षा हुने संभावना छ ।’
पश्चिमी वायुको यो प्रभाव भोलि शनिबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा भने भोलि मौसम केही सफा रहने संभावना रहेको छ ।