कांग्रेसको आकस्मिक बैठक : यी हुन् मूख्य निर्णय

congress_parliament_office
लाेकपाटी न्यूज

काठमाडौं । सरकारले संसदमा सत्तापक्षले जवर्जस्ती गरेको भन्दै सदन र सडकमा आन्दोलन चर्काउने निर्णय गरेको छ । शुक्रबार बसेको काँग्रेस संसदीय दलको बैठकले सदनमा सत्ता पक्षको रबैयाको भत्र्सना गर्दै यसको संसदमा विरोध जारी राख्ने निर्णय गरेको काँग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।

संसदले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि काँग्रेस संसदीय दलको आकस्मिक बैठक बसिरहेको छ । संसद सकिएलगत्तै संसदीय दलको कार्यालय सिंहदरबार बसेको बैठकले आइतबार बस्ने केन्द्रीय समिति बैठकले आन्दोलनको थप कार्यक्रम समेत निर्धारण गर्ने निर्णय पनि गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा बसेको समितिले सरकारले तानाशाही शैलीमा विधेयक पारित गरेर संसदीय अभ्यासलाई नै लत्याएको आरोप समेत लगाएको छ । संसद बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवाले अब काँग्रेसले सदन र सडकमा समेत संघर्षको कार्यक्रम अघि बढाउने बताएका थिए ।

संसद बैठक पछिको प्रतिक्रियामा सभापति देउवाले सरकार तानाशाही रुपमा अघि बढेको भन्दै सदन र सरकारमा समेत विरोध चर्काउने चेतावनी दिएका हुन् । पत्रकारहरुसँग कुराकानी गर्दै सभापति देउवाले सभामुख समेत संसदको एउटा अंग जस्तो बनेको आरोप लगाएका छन् ।

सभापति देउवाले गिरिजाप्रसाद र सुशील कोइरालाको अपमान गरिएको र काँग्रेसका नेताहरुको नाम नै मेट्ने प्रयास गरेको आरोप लगाएका छन् । चिकित्सा शिक्षा विधेयकमा सभामुख महराले छलकपट गरेको आरोप समेत लगाएको छ ।