चिकित्सा शिक्षा विधेयक पेस गरिँदै

BICC
लाेकपाटी न्यूज

काठमाडौं, १४ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सोमबार राष्ट्रिय सभामा पेस गरिने भएको छ ।

बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा उक्त विधेयक पेस गरिने भएको हो। विधेयकप्रति विरोध जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । प्रतिपक्ष र सत्तापक्षको घम्साघम्सीबीच माघ ११ गते प्रतिनिधिसभाबाट विधेयक परित भएको थियो ।

राष्ट्रिय सभाको बैठकबाट पारित भएपछि विधेयक राष्ट्रपति समक्ष जानेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनका रूपमा आउनेछ ।

विधेयकप्रति असहमति जनाउँदै डा. गोविन्द केसी १६औं अनशनमा छन्। हाल काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. केसी अनशनमा बसेको आज २०औं दिन भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्