वार्षिक परीक्षाको समय तालिका सार्वजनिक (तालिकासहित)

examination_board_
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १४ माघ । कक्षा ११ र १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।

भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले २०७६ सालको समय तालिका सार्वजनिक गरेको हो ।

साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेड वृद्धि एवं आंशिक परीक्षाको तालिका सोमबार सार्वजनिक भयो । तालिकाअनुसार कक्षा १२ को परीक्षा वैशाख १५ देखि २६ गतेसम्म सञ्चालन हुनेछ भने कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म हुनेछ ।

बोर्डका अनुुसार दुवै कक्षाका परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्