यी हुन् ‘निफ’मा परेका नेपालका १६ फिल्म

Neer-Shah-NIff
लाेकपाटी न्यूज

काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल निफ’को दोस्रो संस्करण काठमाडौंमा हुने भएको छ । उक्त फिल्म फेस्टिभल आगामी फेब्रवरी २१ देखि २५ सम्म हुने भएको हो ।

यसपटकको फेस्टिभलमा ३१ देशका ५९ फिल्म छनौंट भएका छन्, जसमा नेपालका १६ फिल्म रहेका छन् । यसको पहिलो संस्करण यस अघि पोखरामा आयोजना गरिएको थियो ।

महोत्सवमा समावेश विदेशी फिल्ममध्ये ३१ वटा सर्ट फिल्महरू र ६ फिचर फिल्म छन्। नेपाली फिल्महरूमा ६ वटा फिचर र १० वटा सर्ट फिल्म छन्। नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुई सर्ट फिल्महरू फेस्टिभलमा देखाइने भएका हुन् ।

महोत्सवमा नयाँ फिल्मकर्मीहरूका लागि अवसर प्रदान गर्न प्रतिस्पर्धात्मक कथा वाचन कार्यक्रमको पनि आयोजना गरिनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्