काँग्रेसको नाराबाजीबीच ‘चिकित्सा शिक्षा विधेयक’ स्वीकृत

Nepali congress01
लाेकपाटी न्यूज

काठमाडौं, १४ माघ । राष्ट्रियसभामा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ पेश गरिएको छ । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले विधेयक पेश गरेका हुन् ।

पहिलोपटक बसेको बैठक काँग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो । त्यस्तै दोस्रो बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो भने तेस्रो पटक बसेको थियो । तेस्रो बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित विधेयक राष्ट्रियसभामा पेश गर्न मन्त्री गिरिराजमणि पोखेरेललाई अनुमति दिए ।

विधेयक पेश गर्ने बेला नेपाली काँग्रेसका सांसदहरुले रोष्टम घेराउ गरेका थिए । अवरोधका बीच मर्यादापालकहरुले मन्त्री पोखरेललाई रोष्टमसम्म पुर्‍याउन सहयोग गरेका थिए । मन्त्रीले विधेयक पेश गरिरहँदा काँग्रेसका सांसदहरुले भने नाराबाजी गरेका थिए ।

आजको राष्ट्रियसभाको बैठकबाट चिकित्सा शिक्षा विधेयक सर्वसम्मतले स्वीकृत भएको छ ।

अब राष्ट्रियसभाको अर्को बैठक १७ गते बिहीबार दिउँसो २ बजे बस्नेछ ।