‘मिस एण्ड मिसेज व्यूटिफूल २०१९’ को उपाधि सम्पदा र स्मिृतीलाई

upadhi
लाेकपाटी न्यूज

काठमाडौं, १४ माघ । मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज सम्पदा अमगाई र स्मिृती पोख्रेलले पाएका छन् ।

सोमबार उक्त प्रतियोगिताको ताज चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेलले पहिरेका हुन् ।

दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेज व्यूटिफूल २०१९राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि पार्दै सम्पदाले मिस तर्फको ताजसँगै ‘मस्ट टैलेन्ट र बेष्ट फोटोजेनीकको टाईटल’समेत प्राप्त गरिन ।

प्रतियोगितामा मिसतर्फ मनिषा पाण्डे फष्ट रनरअप, रुची पाण्डे सेकेन्ड रनरअप र कुशुम श्रेष्ठ थर्ड रनरअप हुन सफल भए भने मस्ट पपुलर, फेसबुक च्वाईस, भियुर्स च्वाईस तथा बेष्ट एक्टिङको उपाधि गीता शर्माले हात पारिन ।
यस्तै मिसेस तर्फको फस्ट रनरअपमा ज्योती पोख्रेल, सेकेण्ड रनरअपमा ओविका बेल्वासे भईन भने बसुन्धारा बस्नेतले थर्ड रनरअप, मस्ट पपुलर तथा बेष्ट स्किनको टाईटल हात पारिन ।

वरिष्ठ नायक सरोज खनाल, वरिष्ठ गायक आनन्द कार्की, नायक रमेश उफ्रेती, म्युजिक कम्पोजर एवम् नेपालकी पहिलो महिला सङ्गीतकार रेखा पौडेल, डा.सुशिला मल्ल, कलाकार सरिता गिरी तथा हेमाङ्ग राज गिरी प्रतियोगिताको निर्णायकमा रहेका थिए ।

आश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगितामा आफ्नो क्षेत्रमा विशेष योगदान दिने वरिष्ठ व्यक्तित्वहरु चर्चित कलाकार शिवहरि पौडेल, सञ्चारकर्मी किरण अधिकारी, कलाकार एलिना बास्कोटा, व्यबसायी रुपक शर्मा पोख्रेललाई दक्ष ईन्टरनेशनल अवार्ड २०१९ बाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्