आज पनि बढ्यो सुनको भाउ, कतिले हुँदैछ कारोबार ?

Gold01
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ माघ । मङ्गलबार पनि सुनको भाउ वृद्धि भएको छ । आज सुनको भाउ तोलामा सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीको भाउ यथावत रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ६१ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ६१ हजार २ सयमा किनबेच भइरहेको छ ।

चाँदी भने तोलाको रु. ७७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्