पोखरा, १६ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले पत्रकारहरुमा विज्ञता भएको बताएकी छन् ।
बुधबार पोखरामा राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन सम्बन्धि प्रादेशिक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उन भनिन्, ‘त्यो विज्ञता देश, समाज र समृद्धिका लागि पनि हो ।’ मन्त्री अर्यालले समाज सुधारका लागि पत्रकारहरुको योगदान महत्वपूर्ण हुने बताइन् ।