आलियाले कतिमा किनिन् तेस्रो अपार्टमेन्ट ?

Apartment alia
लाेकपाटी न्यूज

मुम्बई । बलिउड नायीका आलिया भट्ट केही समयदेखि अपार्टमेन्ट खरिदमा पनि लगानी गरिरहेकी छिन् । उनले नयाँ अपार्टमेन्ट किनेकी छन् । हालैमात्र, जुहुमा महंगो रकममा अपार्टमेन्ट किनेकी हुन् ।

जुहुमा उनले किनेको अपार्टमेन्टको मुल्य १३ करोड बताइएको छ । २३ सय स्क्वायर फिटमा फैलिएको यो अपार्टमेन्ट खरिद गरेपछि आलियासँग ३ वटा अपार्टमेन्ट भएका छन् ।

बलिउडमा नम्बर १ स्थानका लागि प्रबल दाबेदार बनिरहेकी नायिका आलिया भट्टको सफलता लोभलाग्दो छ ।

उनलाई लिएर चलचित्रदेखि विज्ञापनमा काम गर्न चाहनेको लाइन लामो छ । आलियाले काम गरेका चलचित्र ब्याक टू ब्याक हिट भएपछि उनको माग चर्को छ । यसैले पनि आलियाको आम्दानी पनि लोभलाग्दो नै छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्