उद्यम गर्न चाहे बिना धितो ऋण दिन्छौं : पोखरेल

Ishwor-Pokhrel
लाेकपाटी न्यूज

भोजपुर, माघ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले चीनसँगका १५ नाका सञ्चालनमा ल्याउन लागिएको बताएका छन् ।

गोगनेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा जानकारी गराएका हुन् । उनले तीन तहको सरकार बनिसकेकाले जनप्रतिनिधिले जनतालाई निर्वाचनमा गरेका कबुललाई सम्झेर काम गर्न आग्रह गरे ।

उनले रोजगारी र उत्पादनका क्षेत्रमा केन्द्र सरकारले ध्यान दिइरहेको बताए । उपप्रधानमन्त्री पोखरेलले स्थानीयस्तरमा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी संरक्षण गरेर विकासे खुड्किलो अगाडि बढाउन आग्रह गरे ।

उनले देशमा बेरोजगारी बढ्दै गइरहेको गुनासो आइरहेकाले अबका चार वर्षभित्र उद्योग धन्दा खोलेर बेरोजगारी कम गरिने बताए । देशमै रोजगारी सिर्जना गरी उद्यम बन्न चाहने जो कोही पनि आएमा विनाधितो ऋण उपल्ब्ध गराइने उनले जानकारी दिए ।