‘सभामूखले राजीनामा दिएको हो कि कार्यवाहक ?’

0

काठमाडौं, १४ असाेज। प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसले याैन दुर्व्यवहार प्रकरणमा मुछिएका सभामूख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको हो वा कार्यबहाक दिएको भन्दै प्रश्न गरेको छ ।

मंगलबार (आज) पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले उपसभामूखलाई सभामूखले राजीनामा दिने प्रवन्ध अनुसार महराले राजीनामा दिएको भने पनि छानविन प्रकृया नसकिएसम्मका लागि भनेकाले त्यो राजीनामा नभएर कार्यवहाक दिएको जस्तो भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको छानविन गर्न एक बर्ष लाग्यो भने त्यतिबेलासम्म संसद एक बर्षसम्म सभामूखविहीन भएर बस्ने  भन्दै प्रश्न गरे । ‘जे व्यवस्था छ त्यो व्यवस्था अनुसार उहाँले राजीनामा दिएँ भन्नुभएको छ । छानविन प्रकृया टुंगिसकेपछि एक किसिमको फैसला आउला । त्यसपछि उहाँलाई कारवाही गर्ने वा आपसी हुने भन्ने अधिकार नेपालको कानूनले गर्ने हो वा उहाँ आफैंले गर्ने हो ?’ उनकाे प्रश्न छ।

शर्माले महराले राजीनामामा प्रयोग गरेका शव्दहरु हेर्दा राजीनामा भन्दा पनि विदेश जाँदाजस्तो कार्यवाहक दिएको जस्तो देखिएको बताए । उनले भने, ‘उहाँले कार्यवाहक दिएको देखिन्छ । राजीनामा दिएको देखिँदैन । त्यसैले यो राजीनामाको विषयलाई अझै प्रस्ट र परिस्कृत ढंगले ल्याउने र गराउने कुरामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको उच्च नेतृत्व गम्भिर बन्नुपर्छ।’

Comments
Loading...
You might also like