नेकपाले उम्मेदवारको टुंगो लगायो

  • 71
    Shares
0

गुल्मी। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गुल्मीमा उम्मेदवारको टुंगो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीले जनाएकाे छ।

नेकपा गुल्मीका अनुसार सिञ्जाली सोही वडाका वडासदस्य हुन् । उनलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइनेछ। नेपाली कांग्रेसले भने अझै उम्मेदवारको टुंगो लगाएको छैन ।

रुरु गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा कांग्रेस र पूर्वमाओवादी केन्द्रको तालमेल थियो । तर पूर्वएमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नं ६ मा पनि जीत हासिल गरेको थियो । वडा नं ६ का वडाध्यक्ष पूर्णबहादुर रेग्मीको २०७५ साल साउन १३ गते निधन भएको थियो । उनले ६२८ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वेदबहादुर दर्लामीले ६१९ मत ल्याएका थिए ।

Comments
Loading...
You might also like