Spread the love
  • 120
  •  
  •  
  •  
  •  
    120
    Shares

युवा संगठनको अनौठो पहल, अविवाहित युवायुवतीका लागि ‘लभ रेल’

0

एजेन्सी। चीनमा ठूलो संख्यामा युवाहरु छन्। यिनीहरुमध्ये २० करोड युवाहरु अविवाहित छन्। अविवाहित युवायुवतीको संख्या बढ्दै जाँदा चिनियाँ कम्युनिस्ट पार्टीको युवा संगठनले अनौठो पहल गरेको छ।

कम्युनिस्ट पार्टीको युवा संगठनले एउटा ‘लभ ट्रेन’ सञ्चालन गरिरहेको छ। यो ट्रेनको नाम वाई९९९ दिइएको छ। यो ट्रेनको उद्देश्य युवाहरुबीच सम्बन्ध बढाउनु रहेको छ। रातभरीका लागि चल्ने ट्रेन तीन वर्षअघि चलाउन सुरु गरिएको थियो।

यो रेल अहिलेसम्म तीनपटक चलेको छ र यसमा यात्रा गर्नु युवा युवतीले यात्राका क्रममा एक अर्काबीच चिनजान र परिचय बढाउने कोशिस गर्छन्। पुरै राति चल्ने यो रेलमा सुरु भएको कुराकानी विवाह बन्धनसम्म पुगिसक्यो। यो रेलमा यात्रा गर्ने युवाहरुले यस्तो रेल सेवाबाट युवा युवतीहरुबीच सम्बन्ध अघि बढाउन मद्दत पुगेको बताएका छन्।

यात्राका क्रममा युवायुवतीलाई नजिक हुन सहयोग गर्न यो रेलले पुलको काम गर्दै आएको छ। यो यात्राका क्रममा कसैले जीवनसाथी नै फेला पार्न नसकेपनि एउटा राम्रो साथी फेला पार्न सक्छ। विगतमा चीनमा रहेको एक बच्चा नीतिका कारण लिंग अनुपातमा ठूलो अन्तर आएको छ।

चीनमा केटाहरुको स्वीकार्यता बढी रहेका कारण एक बच्चा नीतिका समयमा धेरै मानिसहरुले छोरा जन्माएका कारण लिंग अनुपातमा फरक पना आएको हो। चीनमा विवाहका लागि केटीहरुको कमी भएका कारण लाखौ पुरुषहरु विवाह गर्नबाट बञ्चित हुने अवस्था छ।

Spread the love
  • 120
  •  
  •  
  •  
  •  
    120
    Shares
You might also like
Comments
Loading...