टीएन भट्ट विश्वामित्र तथा खोलाघरे साईलो (माधव काफ्ले) सम्मानित

  • 15
    Shares
0

काठमाडौं, १५ मंसिर। मनोहरा साहित्य समाजले१४ मंसीर २०७६ मा ग्लोबल पब्लिक स्कूलमा, टाउन प्लानिङ, पुरानो सिनामंगलमा आयोजना गरेको भव्य वार्षिक कार्यक्रम सफल भएको छ।

सो कार्यक्रममा ‘लाक्षागृह’ निबन्ध सङ्ग्रहका निबन्धकार माधव काफ्ले, कवि तथा ‘डेड सुक्रबिर’ उपन्यासका लेखक टीएन भट्ट र छन्दहस्त कवि खोलाघरे साईलोलाई अभिन्दन तथा सम्मानित भएका छन्।

उक्त कार्यक्रममा बोल्दै प्रा.डा. माधव पोखरेलले निबन्धकार माधव काफ्ले निबन्धलेखनमा अब्बल भएको र उनको नयाँ कृति ‘लाक्षागृह’ उत्कृष्ट निबन्ध भएको कुरा बताए।

कवि टीएन भट्ट ‘विश्वामित्र’ चम्किलो कवि तथा आख्यानकार भएको उनको नयाँ उपन्यासले समेत आफ्नो स्थान बनाउन सफल रहेको कुरा बताए।

यसैगरि खोलाघरे साईलोको कविता सिल्प उत्कृष्ट रहेको भन्दै प्रसंशा गरे। कार्यक्रममा थुप्रै कविहरुले कविता वाचन गरेका थिए। संस्थाका संयोजक कवि डिल्लिराज अर्यालले सभापतित्व गरेको सो कार्यक्रम साहित्यकार सितल गरीले सञ्चालन गरेका थिए।

Comments
Loading...
You might also like