दाङ प्रदेशसभाको यस्तो छ पछिल्लो मतपरिणाम

लाेकपाटी न्यूज
0 Shares

दाङ, १५ मंसिर। उपनिर्वाचनअन्तर्गत प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) को मतगणना जारी छ। प्रारम्भिक मतगणनामा नेकपाकी उम्मेदार विमला कुमारी खत्रीले अग्रता कायमै राखेकी छिन्।

उनी कांग्रेस उम्मेदवार भन्दा १,०७७ मतले अघि छिन्। बबई गाउँपालिका १ र तुलसीपुर उपमहानागरपालिका १ वडाको ६९४३ मत गणना हुँदा खत्री नेपाली कांग्रेस उम्मेदवार केशव राज शर्माभन्दा अघि छिन्।

कांग्रेस उम्मेदवार केशवले २,८३६ मत प्राप्त गरेका छन्। ९८ मत बदर भएका छन्। यी दुबै वडा नेकपाले स्थानीय निर्वाचनमा जितेका वडा हुन्। आइतबार बिहान सवा ९ बजेबाट मतगणना सुरु भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्