कास्की-२ मा नेकपांको लगातार अग्रता, दुई उम्मेदवारको अझै खाता खुलेन

bidhya-bhattarai
लाेकपाटी न्यूज
0 Shares

कास्की। कास्की-२ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपां)ले लगातार अग्रता लिइरहेको छ। नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलको तुलनामा नेकपा उम्मेदवार विद्या भट्टराई झण्डै दोब्बर मतले अगाडि छिन्।

सोही निर्वाचन क्षेत्रमा दुई उम्मेदवार यस्ता छन्, जसले अझै पनि मतको खाता खोल्न सकेका छैनन्। कुल २१ जनाले उम्मेदवारी दिएको सो क्षेत्रमा २५ हजारभन्दा बढी मत गणना भइसक्दासमेत स्वतन्त्र उम्मेदवार उमनाथ गौतम र यज्ञप्रसाद पंगेनीले मतको खाता खोल्न नसकेका हुन्।

२५ हजार १९० मत गणना भइसक्दा दुवै उम्मेदवारले एक मत पनि हासिल गर्न सकेका छैनन्। सो क्षेत्रमा १० स्वतन्त्र उम्मेदवारमध्ये हालसम्म सबैभन्दा बढी मत कमलजङ्ग कुँवरले ल्याएका छन्।

उनले ३५ मत हासिल गरिसकेका छन्। राजनीतिक दलमध्ये हालसम्म देशभक्त समाजले सबैभन्दा कम मत हासिल गरेको छ। सो दलका उम्मेदवार वीरबहादुर विश्वकर्माले जम्मा ३ मत हासिल गरेका छन्।