विवेकशील साझामा लफडा

patrapatrika
लाेकपाटी न्यूज

काठमाडौं, १७ पुस । १६ महिनाअघि गठन भएको विवेकशील साझा पार्टीमा खटपट देखिएको छ । उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो । तर, प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछिका एक वर्षमा पार्टीले समातेको बाटो गलत भएको थापाले निष्कर्ष निकालेका छन् ।

१८ पृष्ठ लामो समिक्षा प्रतिवेदन तयार गर्दै थापाले भनेका छन्, ‘न नेतृत्व विकास भएको छ न उल्लेखनीय संख्यामा सदस्यहरू थपिएका छन्। दल संकुचित नीति र निर्णयको बन्दी भएको छ ।’

दलका धेरै उर्जाशील सदस्य र शुभचिन्तकहरू निरूत्साहि बनेको आरोप लगाउँदै उनले वैकल्पिक राजनीतिको नेतृत्व गर्ने भनेको विवेकशील साझा पार्टीले आफ्नो निश्चित परिपाटीसमेत बसाल्न नसकेको दाबी गरे । आजको नागरिक दैनिकमा खबर प्रकाशित छ । ‍