वैदेशिक यात्राको मोह बढ्दो, खर्च कति ?

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १८ पुस । नेपालीमा बैदेशिक यात्राको मोह बढ्दै गएको छ । थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया, सिङ्गापुर, अमेरीका,अष्टेलिया, क्यानडा जस्ता देशहरु मुख्य रोजाई बन्न थालेका छन् ।

४ महिनाको अवधीमा नेपालीले विदेश यात्रामा ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन् । यो तथ्याङ्क चालु आर्थिक वर्षको चार महिनाको हो । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो ।

यो अवधिमा नेपाल आउने विदेशी पर्यटकले यात्रामा २५ अर्ब ५ करोड रुपैयाँ मात्रै खर्च गरेका छन् भने नेपालीले विदेश यात्रामा खर्च गरेको रकम विदेशी पर्यटकबाट भएको आम्दानी भन्दा झण्डै १० अर्ब रुपैयाँले बढी छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने २९ मध्ये २६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेवा दिइरहेको र यसबाट ठूलो रकम बाहिरिएको बताएका छन् । नेपालीले विदेश भ्रमणमा जाँदा खर्च गरेको जहाजको टिकट रकम समेत यसमा जोडिएको हुन्छ ।

विदेशी विनिमय सञ्चिति घटेपछि विदेश जानेलाई प्रवेशाज्ञा र टिकटका आधारमा नगदमा दिइने विदेशी मुद्रा सुविधा २५ सय डलरबाट कटौती गरेर १५ सय अमेरिकी डलर बनाइएको छ । तर भुक्तानी फछ्र्यौट गर्नुपर्ने भएकाले सञ्चित विदेशी मुद्रा खर्च गर्नुपर्ने बाध्यता जस्ताको त्यस्तै छ ।

नेपालबाट रोजगारीका लागि विदेशिने कामदारको संख्या घटे पनि अध्ययनका लागि बाहिरिने विद्यार्थी तथा पर्यटकका रूपमा घुम्न जाने नेपाली, कर्पोरेट हाउस तथा अन्तर्राष्ट्रिय ब्राण्डका बिक्रेताको प्रोत्साहन यात्रामा जाने नेपालीको संख्या बढिरहेको डेपुटी गभर्नर शिवाकोटी भनाई छ । गत आर्थिक वर्ष २०७४र७५ को पहिलो चार महिनामा यस्तो खर्च २५ अर्ब १४ करोड थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्