वीरगन्ज, १८ पुस । ससुराली मासु पुर्याउन गएका पर्सा जीरा भवानी गाउँपालिका वडा नम्बर २ सेंढवाका रोघाई माझी मुसहरका २७ बर्षको छोरा विनोद माझी मुसहरको मृत्यु भएको छ ।
पर्साको जीराभवानी गाउँपालिकाको जीतपुर परसवा सडकखण्डमा वेहोस अवस्थामा लडिरहेको स्थानीयले फेला पारेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेर उनलाई उपचारका लागि पोखरिया अस्पताल लिगएकाे थियाे । उनकाे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । अस्पतालले उनलाई बुधबार बिहान मृत घोषणा गरेको प्रहरीले बताए ।मृतकको शव परिक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।
मंगलबार नयाँ वर्ष मनाउन आएका उनको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक मान बहादुर राईले बताए । सोही गाउँपालिकाको कोढौली भन्ने ठाउँमा रहेको ससुरालीमा मासु पुर्याएर फर्किने क्रममा उनी बेहाेस भएका थिए ।
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34