वाइडबडी प्रकरण : प्रधानमन्त्री भन्छन्- रौं चिरा केलाउँछौं

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा गहिराइसम्म पुगेर छानबिन गर्ने निष्कर्षमा पुगेका छन् । बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानबिन गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

‘मन्त्रिपरिषद्का सदस्यलाई कारबाहीका लागि सिफारिस गरेपछि प्रधानमन्त्रीज्यूले चासो नलिने त प्रश्नै रहेन । त्यसैले सरकारले अब वाइडबडी प्रकरणको रौँ–चिरा केलाएर छानबिन गर्छ । कहाँबाट सुरु भयो जिन (वंशानुगत) पत्ता लगाएर सम्पूर्ण कुरा बाहिर आउने गरी छानबिन हुन्छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक सल्लाहकारले नयाँ पत्रिकासँग भने, ‘लहरो तान्दा पहरो गर्जिए गर्जियोस्, सरकार त्यसरी छानबिन गरेर जो–जो दोषी ठहरिन्छन्, उनीहरूलाई कडा कारबाही गर्ने पक्षमा उहाँ हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले वाइडबडी अनियमितता प्रकरणमा केन्द्रित रहेर बिहीबार संघीय संसद्को बैठकलाई सम्बोधनको तयारी गरेका छन् । ‘बिहीबार प्रधानमन्त्रीज्यूले यस विषयमा सरकारको धारणा राख्नुहुन्छ,’ प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘सम्पूर्ण रूपमा छानबिन गरेर दोषीमाथि कारबाही होस् भन्ने पक्षमा सरकार छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्