म्यानचेष्टर युनाइटेड विजयी

Manchester united
लाेकपाटी न्यूज

काठमाडौं । म्यान्चेष्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा चौथो जीत निकालेको छ ।

बुधबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले न्युक्यासल युनाईटेडलाई २–० गोल अन्तरले हराएको हो ।

सब्सिच्यूट खेलाडीको रुपमा मैदान छिरेका रोमेलु लुकाकुले ६४ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८० औं मिनेटमा मार्कोस रासफोर्डले गोल गर्दै टोलीलाई जीततर्फ लगे ।

जीतपछि म्यान युनाईटेड ३८ अंक सहित तालिकाको छैटौं स्थानमा उक्लन सफल भएकव छ भने न्युक्यासल रेलिगेशन जोन भन्दा तीन स्थान माथि रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्