बिना आएपछि मेलम्ची जापानिज कारको गतिमा कुदेको छ : प्रधानमन्त्री

Kp Sharma Oli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष मेलम्चीको काम जापानीज कारको गतिको कुदेको बताएका छन् ।

बिहीबार राजधानीस्थित बालकुमारीमा फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मेलम्ची २७ वर्ष चिप्लेकिराकाे गतिमा हिड्याे, याे वर्ष जापानीज कारकाे गतिमा कुदेकाे छ ।’

उनले मेलम्चीको काम २७ वर्षसम्म एकदमै ढिलो गतिमा भएको उल्लेख गर्दै बिना मगरले खानेपानी मन्त्रालय सम्हालेपछि जापानिज कार चिल्लो बाटोमा हिँडेजस्तो कुदेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले मेलम्चीको काममा बीचमा केही समस्या आएको बताए । उनले हरहालतमा मेलम्चीको पानी काठमाडौं झार्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले भने, ‘हप्ता दश दिन मात्र ढिलोचाँडो होला । यसमा हामी दत्तचपत्त छौं ।’

उनले अहिले बागमतीमा पनि धेरै कामहरु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्