‘सेलिब्रिटी’ : कसका कति छन् इन्स्टाग्राम फलोअर्स ?

selena-gomez-2
लाेकपाटी न्यूज

काठमाडौं । इन्स्टाग्राम फोटो तथा भिडियो सेयरका लागि लोकप्रिय सामाजिक सञ्जाल मानिन्छ । इन्स्टाग्राम सन् २०१०, अक्टोबर ६ मा लन्च भएको थियो । यसको स्वामित्व फेसबुकससँग छ । सन् २०१८ मा इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स हुने सेलिब्रिटीहरूको यस्ता छन् ।

१. सेलेना गोमेज

सेलेना गोमेज इन्स्टाग्रँममा १४,४५,०९,२१३ फलोअर्स छन् । उनी इन्स्टाग्रँमकी सबैभन्दा बढी फलोअर्स हुने सेलिब्रिटी हुन् । उनी रोमान्टिक सेल्फी, हट् फोटो, निजी जीवनका तस्बिर, भिडियो तथा साथीहरूसँगका तस्बिर पोस्ट गर्छिन् । उनको एउटै तस्बिरले ८६ लाख ७६ हजार, ८ सय ७६ हजारभन्दा बढी लाइक्स पाइरहेको हुन्छ ।

२.क्रिस्टियानो रोनाल्डो

क्रिस्टियानो रोनाल्डो र्पोचुगलका चर्चित फुटबल खेलाडी हुन् । रोनाल्डो इन्स्टाग्रँममा अत्यधिक फलोअर्स भएका खेलाडी हुन् । उनका १४,९०,०३,८४६ फलोअर्स छन् । उनको एउटै तस्बिरले २० लाख ६४ हजार ७ सय ७५ लाइक्स पाएको थियो । रोनाल्डोले मैदानमा फुटबल खेलेको, साथीभाईसँग भेटेको तथा परिवारसँग घुमेको तस्बिर पोस्ट गर्छन् । त्यस्तै इन्स्टाग्राममा उनले भिडियोसमेत अपलोड गर्दै आएका छन् ।

३. एरियाना ग्रान्डे

एरियाना ग्रान्डको इन्स्टाग्रँममा १३,९७,५१,२५९ फलोअर्स छन् । ग्रान्डे इन्स्टाग्रँममा आफ्ना प्रस्तुतिको भिडियो अपलोड गर्छिन् । उनले पोस्ट गरेको ब्वाइफ्रेन्डसँगको तस्बिर निकै चर्चित भएको थियो । तर एरियाना ग्रान्डेका लागी सन् २०१७ दुखद रह्यो । म्यान्चेस्टरमा उनको कन्सर्टका क्रममा बम ब्लास्ट भयो, तर पनि उनले आफ्नो कर्म छाडिनन् ।

४. बियोन्से

इन्स्टाग्रँममा सर्बाधिक फलोअर्स भएकी बियोन्सेले आफूले भने कसैलाई फलो गरेकी छैनन् । इन्स्टाग्रँममा उनका १२,१६,३८,६६६ फलोअर्स छन् । उनले फेसनेबल तस्बिर तथा भिडियोहरू पोस्ट गर्दै आएकी छिन् । इन्स्टाग्रँममा पोस्ट गरेको श्रीमानसँगको उनको एउटा तस्बिरले ४८ लाख, ९७ हजार, ३ सय ५ लाइक्स पाएको छ ।

५. किम कार्डासियन

३८ वर्षीया अमेरिकाकी किम कार्डासियन रियालिटी टेलिभिजन पर्सनालिटी हुन् । उनी पनि इन्स्टाग्रँममा निक्र चर्चित छिन् । उनका १२,२७,७६,३०८ इन्स्टाग्रँम फलोअर्स छन् ।
उनले इन्स्टाग्रँममा मेकअप गरेका, घुमफिरमा गएका, स्वीमिङ गरेका, रोमान्स गरेका हट् तस्बिरहरू पोस्ट गर्दै आएकी छिन् । उनका हट् र बोल्ड तस्बिर अत्यधिक रुचाइएको छ । किमले बेलाबेलामा भिडियोसमेत अपलोड गर्छिन् । उनको एउटै तस्बिरले ३० लाख भन्दा बढी लाइक्स पाएको छ ।

६. टेलर स्विफ्ट

अमेरिकी गायिका टेलर स्विफ्ट सन् २०१८ पछि सामाजिक सञ्जालमा शसक्त भएर आइन् । रेपुटेसन एल्बम बजारमा आएपछि उनको चर्चा अझ चुलिँदै गयो । टेलरले पोस्ट गरेको एउटै तस्बिरले १५ लाखभन्दा बढी लाइक्स पाएको छ भने ११,४०,३२,०६१ े इन्स्टाग्रँम फलोअर्स छन् ।

७. केली जेनर

केली जेनरले आफू ९ महिनाकी गर्भवती हुँदा एउटा तस्बिर इन्स्टाग्रँममा पोस्ट गरेकी थिइन् । उनको त्यो तस्बिर भाइरल भएको थियो । उनको एउटै फोटोमा १ करोड ८० लाखभन्दा बढी लाइक्स देखिन्छ । उनी प्रायः आफ्नो वच्चासँग खेलेको, रमाएको तस्बिर अपलोड गर्छिन् । उनका हट तस्बिरले संसारमै सर्बाधिक लाइक्स प्राप्त गर्छन् । उनले इन्स्टाग्रँममा १२,२०,२०,५४० फलोअर्स कमाएकी छिन् ।

८. ड्वायन द रक जोन्सन

अमेरिकी अभिनेता ड्वायन द रक जोन्सनले इन्स्टाग्रँममा द रक नाममा एकाउन्ट चलाउँछन् । उनको वास्तविक नाम ड्वायन जोन्सन हो । धेरैले उनलाई द रक नामले नै चिन्छन् ।
उनका १२,५५,५०,९१६ इन्स्टाग्रँम फलोअर्स छन् । यी अमेरिकी अभिनेता कलेजमा छदा फुटबल पनि खेल्थे । द रक खानेकुराहरू, जिम गरेको तथा बालबालिकासँग रमाएको तस्बिरहरू पोस्ट गर्छन् ।

९. जस्टिन बिबर

क्यानेडियन गायक तथा गीतकार जस्टिन बिबरले पोस्ट गरेका रोमान्टिक तस्बिरले धेरैलाई लोभ्याउँदै आएका छन् । उनका तस्बिरले ६९ लाख भन्दा बढी लाइक्स पाएका छन् भने उनका १०,३६,१९,८११ इन्स्टाग्राम फलोअर्स छन् ।

१०. नेयमार जुनियर

२६ वर्षीय ब्राजिलियन फुटबलर जुनियर नेयमार इन्स्टाग्राममा सर्वाधिक बढी फलोअर्स भएका सेलिब्रिटी हुन् । उनी १७ वर्षकै उमेरमा खेलकुदमा होमिइसकेका थिए । नेयमारले खेलमैदानमा फुटबल खेलेको, परिवारसँग रमाएको, कतै घुमफिरमा गएको तस्बिर इन्स्टाग्राममा अपलोड गर्दै आएका छन् । इन्स्टाग्राममा उनका १०,७९,६१,६४२ फलोअर्स छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्