वासिङ्टन । विपक्षी डेमोक्र्याटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारको खर्च बन्दी वर्षौँ सम्म लम्ब्याइदिने चेतावनी दिएका छन्। ।
वरिष्ठ डेमोक्र्याट नेताहरूसँग कुराकानीपछि उनले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन आवश्यक परे कंग्रेसलाई बाइपास गरेर राष्ट्रिय संकटको स्थितिको घोषणा गर्न सक्ने पनि बताए ।
ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने पैसा कंग्रेसले उपलब्ध नगराए आफूले बजेटसम्बन्धी विधेयकमा हस्ताक्षर नगर्ने बताएका बताएका हुन् ।
डेमोक्र्याट नेताहरूले भने ट्रम्पसँग कुराकानी जारी राख्ने बताएका छन्। । यसै विवादका कारण सरकारी खर्च बन्द भएको यो तेस्रो साता हो । डिसेम्बर २२ देखि ८ लाख संघीय कर्मचारीले तलब पाएका छैनन्। ।
संसदले अटेर गरिरहे आफूले राष्ट्रिय संकटको स्थितिको घोषणा गरेर एक्लै अघि बढ्ने चेतावनी उनले दिएका हुन् । संघीय खर्च बन्दीका कारण कतिपय निकायका सेवा बन्द भएका छन् ।
अमेरिकी कानुनले राष्ट्रपतिलाई युद्ध वा राष्ट्रिय संकटका बेला सैन्य निर्माण आयोजनालाई निर्देशन गर्ने अधिकार हुन्छ तर त्यसका लागि पैसा भने रक्षा मन्त्रालयलाई संसदले अरू विषयकै लागि छुट्ट्याइदिएको बजेटबाट मिलाउनु पर्छ ।