गंगा बनिन् मिसेस हिमालयन नेपाल (फोटोफिचर)

Ganga Sharma - miss himalayan
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं : छैटौं संस्करणको ‘मिसेस हिमालयन नेपाल – २०१९’को उपाधि गंगा शर्माले जितेकी छिन्। प्रतियोगितामा रेखा बलामीले फस्ट रनरअप र कविता लामाले सेकेण्ड रनरअपको उपाधि जिते।

विजेताहरुलाई ट्रफी तथा विभिन्न उपहार प्रदान गरिएको थियो।विवाहित महिलाहरुबीचको यो प्रतियोगितालाई एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको थियो।

प्रतियोगितामा बिमला पाईजाले बेस्ट ट्यालेन्ट, कविता थापा डङ्गोलले बेस्ट फोटोजेनिक, रेखा बलामीले बेस्ट स्माईल, गंगा खड्काले बेस्ट पर्सानालिटी, भुमिसरा पाण्डेले बेस्ट स्किन, मिजिला महर्जनले मस्ट चार्मिङ, कविता लामाले मस्ट एक्टिभ, हिरा लामाले बेस्ट कम्प्लेक्सन, चादनी गुरुङले मस्ट स्मार्ट, गंगा शर्माले बेस्ट डिसिप्लिन, पवित्र छन्त्यालले मस्ट अट्राक्टिभ, रुपा महर्जनले मस्ट पंचुअल, गंगा खड्का छेत्रीले बेस्ट ड्रेस र पवित्र छन्त्यालले मस्ट पपुलरको उपाधि जिते।

प्रतियोगिताको निर्णायकमा मोडल कला सुब्बा, अभिनेता बिनय श्रेष्ठ, अभिनेत्री मारिस्का पोखरेल, मिस इको ईन्टरनेसनल विजेता मौनता लामा र मिस्टर ह्यान्ड्सम रनरअप बैभभ उपाध्याय थिए।

mrs-himalayan-nepalmrs-himalayan-nepal-mrs-himalayan-nepal-20

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्