‘विप्लव आतंकवादी कि राजनीतिक पार्टी ?’

Jitenra Dev
लाेकपाटी न्यूज

काठमाडौं, १५ फागुन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबारे सरकारको धारणा मागेको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकमा कांग्रेस सांसद जितेन्द्र देवले नख्खुमा एनसेल मुख्यालयमा भएको बम विस्फोटको विरोध गर्दै घटनाको जिम्मा लिएको विप्लवको पार्टीबारे सरकार र सत्तारुढ पार्टी नेकपाको धारणा मागेका हुन् । उनले भने, ‘विप्लवको पार्टी आतंकवादी पार्टी हो कि राजनीतिक पार्टी हो ? वा पार्टी राजनीतिक र कामकारबाही आतंकवादी हो ?’

उनले सरकार र सत्तारुढ नेकपाले विप्लवलाई हेर्ने दृष्टिकोण तत्काल सार्वजनिक गर्नुपर्ने बताए । विप्लवलाई सरकार र प्रमुख पार्टीहरुले सतही रुपमा मात्र हेरे मुलुक अर्को द्वन्द्वमा फस्नसक्ने उनको भनाई छ ।

‘बन्दुकको नालबाट मात्र सत्ता प्राप्त हुन्छ भन्ने सिद्धान्त कम्युनिस्ट आन्दोलनभित्र किन पैदा हुन्छ भनेर आत्मनिरीक्षण गर्ने बेला आएको छ’ सांसद जीतेन्द्र देवले भने, ‘नेकपा र कोर लिडरसिपले आफ्नो धारणा सार्वजनिक गर्नैपर्छ । नेपालमा हिंसा होइन, शान्तिपूर्ण रुपमा अन्य दलसँग प्रतिपर्धा गर्छौ र शान्तिपूर्ण रुपमा सामाजिक रुपान्तरण गर्छौँ भन्ने प्रतिवद्धता गर्नैपर्छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्