सुदूरपश्चिम प्रदेश सभाकाे बैठक प्रधानमन्त्रीले सम्बोधन गर्ने

kp sharma oli
लाेकपाटी न्यूज

धनगढी, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आमागी फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सो जानकारी दिएका छन् ।

यसैगरी सोही दिन धनगढी खुलामञ्चमा आयोजना हुने पार्टीको सुदूरपश्चिमस्तरीय विशेष कार्यकर्ता भेलालाई पनि उनले र कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताले पनि सम्बोधन गर्ने नेकपा प्रदेश कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्