भारतकाे बजेटमा कति अनुदान छुट्याइयो नेपाललाई ?

बजेट
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १९ माघ । भारत सरकारले चुनावलाई लक्षित गरेर आर्थिक वर्ष सन् २०१९ र २० को बजेट ल्याएको छ । आगामी चुनावको तयारीमा रहेको भारत सरकारकातर्फबाट पियूष गोयलले शुक्रबार अप्रिल १ देखि सुरु हुने नयाँ आर्थिक वर्षका लागि लोकसभामा नयाँ बजेट प्रस्तुत गरेका हुन् ।

बजेट प्रस्तुत गर्दा नेपाललाई ७ अर्ब भारु अनुदान दिने घोषणा गरेको छन् । सन् २०१७ मा ३ अर्ब ७६ करोड ६१ लाख भारु र २०१८ मा ७ अर्ब ५० करोड भारु नेपाललाई सहयोग गरेको थियो ।

सन् २०१९ का लागि ७ अर्ब भारु विनियोजन भएको छ । यो भारतको विदेश मन्त्रालयअन्तर्गत केन्द्रीय तहका परियोजनाका लागि भनेर विनियोजन भएको रकम हो ।

यो शीर्षकमा सबैभन्दा बढी भुटानलाई २६ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । दोस्रोमा नेपाल छ भने तेस्रो स्थानमा रहेको माल्दिभ्सले ५ अर्ब ७५ करोड भारु पाउँदै छ ।

सो बजेटले भारतका किसान, कामदार तथा जागिरदारलगायतको मध्यम वर्गलाई ठूला सुविधको घोषणा गरेको छ ।
बजेटमा सरकारले ५ लाखसम्म आय हुनेलाई आयकर छुट दिने घोषणा गरेको छ । यसैगरी किसानहरुको समस्यालाई मध्यनजर गर्दे किसानलाई वार्षिक ६ हजार अनुदान, कामदारलाई पेन्सनको व्यवस्था गर्ने भएको छ ।

यस्तै विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले किसानलाई दिनको १७ रुपैयाँ दिने घोषणा गरेर सरकारले अपमान गरेको बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्