एकीकरण हुँदै दुई राप्रपा

Raprapa
लाेकपाटी न्यूज

काठमाडौं, १८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच शुक्रबार एकता हुने भएको छ ।

आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा हुने भएको हो । एकीकरणको घोषणा भएपछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राख्ने सहमति भएको छ । पार्टीको चुनाव चिह्न भने हलो हुने समझदारी भएको छ ।

पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका यी दुई राप्रपाबीच एकीकरणको आधारपत्रमा बिहीबार हस्ताक्षर भएको थियो ।