कस्तो छ पूर्वयुवराज पारसको स्वास्थ्य ?

parash
लाेकपाटी न्यूज

काठमाडौं, १८ माघ । हृदयाघातको शिकार बनेका पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको छ । नर्भिक अस्पतालमा उपचाररत शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएको हो ।

शाह माघ १४ गत नर्भिक अस्पतालमा भर्ना भएका थिए । हाल उनी हिँडडुल गर्ने, सामान्य क्रियाकलाप गर्न सक्ने भएको नर्भिक अस्पतालले बताएकोे छ । बुधबार उनलाई सिसियुबाट क्याबिनमा सारिएको थियो । तर, सिसियुबाट क्याबिनमा सारे पनि हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

छाती दुखेर नर्भिकको आकस्मिक कक्षमा पुगेका शाहलाई हृदयाघात भएको थाहा भएपछि चिकित्सकले तत्काल क्याथल्याब सारेर कोरोनरी एन्जियोग्राम गर्दा उनको मुटुको धमनी पूर्ण रूपमा बन्द भएको देखिएको थियो ।

बन्द धमनी खुलाउन तत्काल कोरोनरी एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण गरिएको थियो । शाहको उपचारमा प्रा डा.यादवदेव भट्टलगायत डा. जेपी जैसवाल, डा. नग्माश्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिस्ट डा. प्रज्वल श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्