युट्यूब च्यानलले स्वस्तिमालाई तनाव

swastima-Khadka
लाेकपाटी न्यूज

काठमाडौं। नायिका स्वस्तिमा खड्काले ‘बुलबुल’को गीत रिलिज कार्यक्रमा बोल्दै एउटा बुम र क्यामेरा बोकेको भरमा आफूलाई पत्रकार भन्दै हिँड्नेहरुले तनाव दिने गरेको बताएकी छिन् । युट्युव च्यानलले आफूलाई तानाव दिएको उनले बताइन् ।

उनले चलचित्रको सुटिङ सेटमासमेत व्यक्तिपिच्छे युट्यूब च्यानल हुने गरेको बताइन् । उनले भनिन्, ‘हिजोमात्रै म एउटा चलचित्रको छायाङ्कन सकेर आएँ, त्यहाँ चिफ एसिस्टेन्ट, प्रोडक्सनको व्यक्तिदेखि चिया लिएर आउने स्पटब्वाइसम्मको युट्यूब च्यानल रहेछ,’ उनले थपिन्, ‘त्यहाँ म जिस्किँदा पत्रकारमाथि हातपात होइन है भन्नुभयो, त्यो बेला मैले बुझें ए त्यस्तो पनि रहेछ ।’

स्वस्तिमाले यसो भनिरहँदा उनको भिडियो खिचिरहेका अधिकांश क्यामेरा युट्यूब च्यानलकै थिए । उनले एउटा इथिकल्ली काम गर्ने पत्रकारलाई समेत यस्ता व्यक्तिले अप्ठ्यारो पार्ने बताइन् । उनले कार्यक्रममा बोल्दै भनिन्, ‘मैले इथिकल्ली काम गर्ने पत्रकारलाई भनेको होइन, जो अनइथिकल्ली एउटा क्यामेराको भरमा पत्रकार भन्दै हिंड्ने मान्छेलाई भनेको हुँ ।’

उनले अगाडि थपिन्, ‘यस्ता व्यक्तिले कलाकारसँगै पत्रकारहरुलाई समेत काम गर्न अप्ठ्यारो हुन्छ ।’ उनी अहिले चलचित्र ‘बुलबुल’मा ब्यस्त छिन् । चलचित्र फागुन ३ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्