काठमाडौं, २१ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा समृद्धि ल्याउन ‘थिंक टयाङ्क’ जरुरी रहेको बताएका छन् । उनले जनतालाई सुःखी र समृद्ध बनाउन उनीहरुको श्रम र विवेकलाई प्रविधिसँग जोडेर अघि बढनुको विकल्प नरहेको बताएका हुन् ।
सोमबार काठमाडौंमा सुरु गरिएको ‘खबरहव डटकम’ अनलाईनको उद्घाटन गर्दै उनले सूचना प्रविधिको युग सुरु भएको उल्लेख गरी त्यसको उचित व्यवस्था नगरेसम्म मुलुकमा विकास निर्माणको कामले गति लिन नसक्ने पनि बताए । मुलुकको समृद्धिका लागि सही नीति र सही सूचनाको पनि आवश्यकता रहने उनको भनाई छ ।
उनले सही नीतिको सफल कार्यान्वयन भएपछि मात्रै मुलुकमा समृद्ध आउने भन्दै जनतालाई सचेत गराउन सही सूचना सम्प्रेषण गर्न पनि सञ्चार माध्यामहरुको ध्यानाकर्षण गराए ।