‘क्रिकेटको जीतले राष्ट्रिय एकतालाई मजबुत बनायो’ : अध्यक्ष प्रचण्ड

लाेकपाटी न्यूज

काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन् ।

ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अध्यक्ष प्रचण्डले मंगलबार खुमलटारस्थित आफ्नै निवासमा भएको भेटमा राष्ट्रिय टोलीका खेलाडीलाई बधाई दिएका हुन् । प्रचण्डले नेपालको ऐतिहासिक जीतले खुशी भएको बताएका छन् ।

देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको उनको भनाई छ । अध्यक्ष प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा झन योगदान पुग्ने बताए ।

उनले आफ्नो तर्फबाट यस क्षेत्रको विकास र खेलाडिको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने आश्वासन समेत दिए । अध्यक्ष प्रचण्डलाई भेट्न नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु खुमलटार पुगेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्