माधुरोले गरे युरोपीयन सहयोग अस्विकार

nikolos-maduro1
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ माघ । भेनेजुयलाका राष्ट्रपति निकोलस माधुरोमाथि अन्तर्राष्ट्रिय दबाव बढ्दै गइरहेको छ । अमेरिका, फ्रान्स, जर्मनी, ब्रिटेन, स्पेन लगायत युरोपीय संघका करिब १६ देशले विपक्षी दलका नेता ख्वान ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् ।

भेनेजुयला भयानक आर्थिक मन्दीबाट गुज्रिरहेको छ । औषधि, खाद्यान्न जस्त अत्यावश्यक चिजको कमी भएको छ । भेनेजुयलाका नागरिक महंगीको मारमा परेका छन् । गत वर्ष भेनेजुयलामा हरेक १९ दिनमा बस्तुको मूल्य औसत दोब्बर वृद्धि हुने गरेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१४ देखि हालसम्म ३० लाख जना देशबाट बिस्थापित भएका छन् ।

यसबीच ग्वाइदोलाई मान्यता दिएका देशहरुले भेनेजुयलाका जनतालाई औषधि र खाद्यान्नका लागि सहयोग गर्ने बताएका छन् । यसका लागि उनीहरुले करोडौं डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

लाखौँ जनताको जीवन रक्षाका निम्ती ग्वाइदोले देशका सेनालाई आवश्यक सामानहरु जनतासमक्ष र्पुयाउन अपिल गरेका छन् । यो सहयोग कोलम्बियासँग जोडिएको सीमाबाट ल्याइने छ । तर, भेनेजुयलाको सेना अहिलेसम्म राष्ट्रपति निकोलस माधुरोको पक्षमा छन् ।

माधुरोले भेनेजुयलाका जनता भिखारी होइनन् भन्दै युरोपीय संघको सहयोग अस्वीकार गरेका छन् । भेनेजुयला मानवीय सहयोगको झूठो आश्वासनमा नफस्ने बताउँदै उनले भेनेजुयला काम गर्छ, उत्पादन गर्छ र आफ्नो अर्थव्यवस्थालाई अगाडि बढाउँछ भनेका छन् ।

यसैगरी राष्ट्रपति माधुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुल्ला चिठ्ठी लेख्ने घोषणा गरेका छन् । जसका लागि देशका जनताको हस्ताक्षर संकलन भइरहेको छ । यस चिठ्ठीमा विदेशी हस्तक्षेप भेनेजुयलाले अस्वीकार गर्छ भन्ने कुरा उल्लेख हुने बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्