काठमाडौं, २२ माघ । प्रिपेड मोबाइलका ग्राहकहरुले रोमिङ सेवा पाउने भएका छन् । नेपाल टेलिकमले प्रिपेड मोबाइलका ग्राहकहरुलाई रोमिङ सेवा उपलब्ध गराउने भएको हो ।
पोस्टपेड मोबाइल ग्राहकहरुलाई मात्र रोमिङ सेवा दिईरहेकोमा प्रिमेड मोबाइलको रोमिङ सेवा मंगलबार उद्घाटन गरेको हो । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले उद्घाटन गरे ।
टेलिकमले आफ्नो पन्ध्रौं वार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोबाइलमा आउटबण्ड रोमिङको सफ्ट लन्च गरेको हो ।
निकट भविश्यमा नै कम्पनीको प्रिपेड ग्राहकहरुलाई सूलभ दरमा आउटबण्ड रोमिङ सेवा उपलब्ध गराईने टेलिकमले जनाएको छ ।