‘नेपालमा लगानी गर्न तयार छु’

Balkrisna
लाेकपाटी न्यूज

वालिङ, २४ माघ । आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले नेपालको शैक्षिक संस्था, जडीबुटी, उद्यान र उद्योगको विकासका लागि लगानी गर्न तयार रहेको बताएका छन् ।

जन्म जिल्ला स्याङ्जाको वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आचार्य बालकृष्णले पहिलो चरणमा एकसय करोड लगानी गर्न आफू तयार रहेको बताएका हुन् ।

उनले आफुले यहाँबाट कमाएर यहीको विकासका लागि लगानी गर्ने बताए । साथै उनले नेपालीको माया र स्नेहको अपेक्षा समेत गरेका छन् । उनले भने, ‘लगानीका लागि कुनै चिन्ता छैन, योजना सफल बनाउन एक सय करोड होइन, त्यो भन्दा पनि बढी म खर्च गर्छु ।’

आचार्य बालकृष्णले उद्यमशीलताको विकासका लागि आफू सधैँ तयार रहेको बताउँदै सङ्घलाई जग्गा उपलब्ध गराउन आग्रह समेत गरेका थिए । वालिङको विकासका लागि उद्योग वाणिज्य सङ्घले उनलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्