प्रकाण्डपुत्रमाथि अनुसन्धानका लागि १० दिन म्याद थप

arrest-arrest
लाेकपाटी न्यूज

मोरङ, २४ माघ । तीन राउन्ड गोलीसहित पक्राउ परेका प्रकाण्डपुत्र नरेन्द्रमाथि १० दिन म्याद थप गरेको छ ।उनीमाथि थप अनुसन्धान गर्न मोरङ प्रहरीले १० दिन म्याद थप गरेको हो ।

नरेन्द्रविरुद्ध गत शुक्रबार सात दिनको म्याद थप भएको थियो भने बिहीबार थप अनुसन्धानका लागि भन्दै १० दिनको म्याद थप गराएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले मुलुकी अपराधसंहिता २०७४ अनुसार अनुसन्धानका लागि जिल्ला अदालतबाट दश दिन म्याद थप गरिएको बताए ।

उनी माघ १७ गते काठमाडौं फर्किने क्रममा विराटनगर विमानस्थलबाट चिनियाँ पेस्तोलको तीन राउन्ड गोलीसहित पक्राउ परेका थिए ।

नरेन्द्र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा हुन् । नरेन्द्रको रिहाइका लागि आज नेकपाले देशभरका शैक्षिक संस्था समेत बन्द गराएको छ ।