कस्तो छ आजको मौसम पूर्वानुमान ?

Rain01
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २५ माघ । शुक्रबार काठमाडौंसहित देशका विभिन्न भागमा भारी वर्षा र हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारी वर्षा र हिमपात हुनु पश्चिमी वायुको प्रभाव हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले विहीबार मौसम पूर्ण रुपमा बदली भई तराईका केही स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । आइतबारसम्म मौसम खराब रहने र आइतबार दिउँसोबाट सुधार हुने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् गंगा नगरकोटीले देशका अधिकांश उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम स्तरको हिमपात भइरहेकाले भोलि पनि यस्तै स्थिति हुने र पर्सीदेखि बिस्तारै मौसम सुधार आउने सम्भावना रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्