उत्तर कोरियाले बनायो खान मिल्ने लुगा

north-korea
लाेकपाटी न्यूज

काठमाडौं । कम्युनिष्ट व्यवस्थाको देश मानिने उत्तर कोरिया अत्यन्तै नयाँ प्रयोग गरेको छ । उत्तर कोरियाले अब खान मिल्ने लुगा बजारमा ल्याएको छ ।

अनौठो प्रयोग गर्न माहिर उत्तर कोरिया कहिले आणविक हतियार परीक्षणका लागि चर्चामा आउने गरेको थियो । अहिले अमेरिकासँग वार्ताका लागि निकै चर्चामा रहेको उत्तर कोरियामा गरिबीको चरम अवस्था रहेको छ ।

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले पौडी, हाइकिङ्ग तथा साहसिक खेलसँग सम्बन्धित उपकरण साधनहरु सार्वजनिक गरेका छन् । किमले सार्वजनिक गरेकामध्ये फेसन उत्पादन अचम्मका रहेका छन् । यी कपडाको सबैभन्दा अनौठो विशेषता खान मिल्ने हो ।

उत्तर कोरियाको किम क्लोथिङ्ग अनुसन्धान केन्द्रले ती अनौठा कपडाको उत्पादन गरेको हो । फ्लेन लेट फ्याब्रिक्सबाट यी कपडा बनाइएको छ । कपडा बनाइएको रेशामा फ्याब्रिक प्रोटिन, एमिनो एसिड, फलफूलको जुस, आइरन तथा क्याल्सियम प्रयोग गरिएको हुन्छ । त्यसैले त्यो कपडालाई सहजै खान सकिन्छ । कपडा पौष्टिक हुनुका साथै स्वादिष्ट पनि रहेको छ ।

खासगरी भोकमरीको अवस्थामा खाएर प्राण धान्न मिल्ने योजनाका साथ उत्तर कोरियाले यस्ता कपडा विकास गरेको बताइएको छ । पुरुषका लागि ज्याकेट तथा महिलाको आउटर शनेल कम्पनीको मोडलको नक्कल गरी बनाइएको छ । त्यस्तै गुची कम्पनीको मोडलको नक्कल गरी ह्याण्ड ब्याग तयार गरिएको छ

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्