‘निर्वाचन क्षेत्रमा बजेट नपठाए अनसन बस्छु’

Rajendra
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ माघ । राष्ट्रिय प्रजातन्त्रका पार्टीका सांसद राजेन्द्र लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा सरकारले नयाँ बजेट नपठाएको र अगाडिबाटै सञ्चालनमा रहेका बहुवर्षीय योजना पनि रोक्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ती कार्यक्रमलाई तत्काल शुचारु नगरेमा अनसन बस्ने बताए । आफ्नो क्षेत्रलाई उपेक्षित गर्ने काम भए आफू चुप नबस्ने उनको भनाई छ । उनले भने, ‘नसच्याए साँच्चीकै अनसन बस्छु, मेरो क्षेत्रका जनतालाई न्याय दिलाउने काममा अरु संघर्षका कार्यक्रम पनि गर्नेछु । ’

सत्तारुढ दलका कार्यकर्ताको सिफारिसका आधारमा योजना छनोट हुने गरेकाले आफ्नो क्षेत्रमा योजना नपरेको उनले बताए । कुनै ठाउँमा १० लाख मागेकोमा एक करोड १० लाख रुपैयाँ दिने, कुनै ठाउँमा एक रुपैयाँ पनि नदिने गरिएको आरोप लगाए । सांसद अतहर कमाल मुसलमानले पनि बहुवर्षीय विकास निर्माणका आयोजना वर्तमान सरकारले रोक्ने काम गरेको बताए । यस्तो कार्य नरोकेमा सदन अवरुद्ध गर्ने उनको भनाइ थियो ।

सडक दुर्घटना बढ्दै गएकोले सडक सुरक्षालाई राज्यको प्रमुख दायित्व र चासोको रुपमा राख्नुपर्ने नेकपाका सांसद गणेशकुमार पहाडीले बताए ।

प्रतिवर्ष नेपालमा सडक दुर्घटनाबाट झण्डै दुई हजार ज्यान जाने गरेकोले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था ऐन २०४९ लाई समयानुकूल परिवर्तन गर्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्