महात्मा गान्धीलाई चिनाउने १० फिल्म

लाेकपाटी न्यूज
0 Shares

मुम्बई । भारतमा महात्मा गान्धीको जीवनमा आभारीत धेरै चलचित्रहरू बने । जुन फिल्महरूको मद्दतले धेरै मानिसहरुले गान्धीको बारेमा जान्ने मौका पाए ।

स्वतन्त्रता संघर्षको क्रममा अन्य देशभक्त व्यक्तिहरूमा बनाइएको चलचित्रहरूमा पनि गान्धीको प्रभावलाई देख्न सकिन्छ । गान्धीको जीवनमा आधारीत बनेका १० महत्वपुर्ण चलचित्रहरु यस्ता छन् जसले मानिसहरुको जिवनमा उनको प्रभावलाई जिवित राख्यो ।

 गान्धी

सन् १९८२ मा बन्यो उनको जिवनमा आधारीत पहिलो फिल्म गान्धी । यो फिल्म रिचर्ड एन्टेनबाले बनाएका थिए । यस चलचित्रमा हलिवुड कलाकार बेन किन्सेले गान्धीको भूमिका निर्वाह गरेका थिए । गान्धी फिल्मले ओस्कर पुरस्कार समेत प्राप्त गरेको थियो । निर्देशक रिचर्ड एन्टेनबोको भने मृत्यु भइसकेको छ ।

 गान्धी माइ फादर

गान्धी माइ फादर सन् २००७ मा रिलिज भयो । यस फिल्मलाई फिरोज अब्बास मस्तानले निर्देशन गरे । यो फिल्म महात्मा गान्धी र उनका छोरा हरिलालको सम्बन्धमा आधारीत छ । यस चलचित्रमा गान्धीको भूमिका डाशन जारवालले निर्वाह गरेका थिए । यस भुमिकाको लागि डाशनले राष्ट्रिय पुरस्कार समेत प्राप्त गरे ।

 हे राम

सन् २००० मा रिलिन भएको फिल्म हो हे राम । यस फिल्मलाई कमल हासनले निमार्ण गरेका थिए । यो फिल्म भारतको विभाजनको पृष्ठभूमि र महात्मा गान्धीको हत्यामा आधारीत छ । यसमा महात्मा गान्धीको भुमिकामा निसेरुद्दीन शाह छन् ।

डा. बाबासाहेब अम्बेडकर

डा. बाबासाहेब अम्बेडकर पनि सन् २००० मै निमार्ण गरिएको थियो । यो फिल्म डा. भीमराव अम्बेडकरको जीवनमा आभारीत भएपनि यसले अम्बेडकर र गान्धीको सम्बन्ध कस्तो थियो भन्ने देखाउँछ । यस फिल्ममा मोहन गोखले गानधीको भूमिका निर्वाह गरेका थिए ।

लगे रहो मुन्ना भाई

सन् २००६ मा चलचित्र लगे रहो मुन्ना भाई बन्यो । यो फिल्म राजकुमार हिरानीले निमार्ण गरेका हुन् । यस फिल्ममा गान्धीका सिद्धान्तहरु कलात्मक ढङ्गले प्रस्तुत गरिएका छन् । यस फिल्ममा गान्धीको भुमिकामा दिलिप प्रभावलकर छन् भने सन्जय दत्तलाई महात्मा गान्धी देखिन्छन् ।

द लेजेंन्ड भगत सिंह

द लेजेंन्ड भगत सिंह सन् २००२ मा रिलिज भएको फिल्म हो । यसलाई राजकुमार सन्तोषीले निमार्ण गरेका हुन् । यस फिल्ममा भगत सिंह गान्धीबाट प्रेरित भएको कथा र उनीहरुको विचारमा आएको मतभेदले अलगअलग हुनु पछाडीको कथा फिल्ममा प्रस्तुत गरिएको छ । यस फिल्ममा गान्धीको भसमिकामा सुरेन्द्र रञ्जन रहेका छन् ।

सरदार

सरदार वल्लभ भाई पटेलको जीवनमा बनेको फिल्म हो सरदार । महात्मा गान्धी र सरदार वल्लभ भाई पटेलको विचारमा मतभेद भएको कुरा यसमा प्रस्तुत गरिएको छ । यस चलचित्रबाट गान्धी र सरदार पटेलको सम्बन्ध बारे जान्न सकिन्छ । यो चलचित्र सन् १९९३ मा केतन मेहताले बनाएका थिए । फिल्ममा गान्धीको चरित्रमा अतु कपुर छन् भने सरदार पटेलको चरित्रमा पार्व रावल छन् ।

 द मेकिङ अफ गान्धी

द मेकिङ अफ गान्धी सन् १९९६ मा रिलिज भएको थियो । श्याम बेनेगलले महात्मा गान्धीको जीवनमा यो फिल्म निमार्ण गरेका हुन् । यसमा फिल्ममा राजित कपूर गान्धीको भुमिकामा छन् । यसमा मोहनदास करमचन्द गान्धीको महात्मा बन्नूको कथा प्रस्तुत गरिएको छ ।

रोड टू संगम

एक मुस्लिम मेकानीकको नीवनमा बनेको फिल्म हो रोड टू संगम जसलाई एक पटक पुरानो फोर्ड वी ड इन्जिन कारको मरम्मतको जिम्मेवारी दिइएको थियो । तर उनलाई यस कारमा महात्मा गान्धीको अस्तु त्रिवेणीमा लगेर सेलाइएको थियो । यस फिल्ममा गान्धीका सिद्धान्तहरुको मूल्य आजको युगान कस्तो छ भन्ने कुरा प्रस्तुत गरिएको छ । यो फिल्म सन् २०१० मान रिलिज भएको थियो । यस फिल्मलाई अमित रायले निर्देशन गरेका थिए ।

 मेने गान्धीको नहि मारा

मेने गान्धीको नहि मारा सन् २००५ मा निमार्ण गरिएको थियो । यस फिल्ममा यस्तो व्यक्तिको मनोभाव देखाउने प्रयास गरिएको छ जसले गान्धीको हत्या गरेका थिए । चलचित्रमा अनूपम खेरले गान्धीको हत्याराको भुमिका निभाएका छन् । याे फिल्मलाई जहू बरौले निमार्ण गरेका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्